माछापुच्छ्रे बैंकको १२८औँ शाखा गाईघाटमा

ज्ञानमाण्डू।माछापुच्छ्रे बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ११ गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ग्राहकको सेवा सुविधालाई ध्यानमा राखेर उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

उक्त नयाँ शाखाको उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले नेपाल अहिले आर्थिक समृद्धिको बाटोमा हिडिरहेको बताएका छन् । नगरप्रमुख चौधरीले आफ्नो नगरको परियोजनामा लगानी गर्ने खालको बैंकको स्थापना नभएकोले माछापुच्छ्रे बैंकलाई पैसा संकलन गर्ने मात्र नभएर नगरवासिको हितमा काम गर्न अनुरोध गरे ।
बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महत्तोले हाम्रो देश प्रगती र समृद्धिको नारा लिएर अगाडि बढिरहेकोले माछापुच्छे बैंकले यस नारालाई मध्यनजर गर्दे काम गर्ने बताए । उनले हामीले हिजोका दिनमा फर्केर हेर्ने भन्दा पनि भोलीका दिनमा कसरी काम गर्ने भन्ने सोचका साथ बैंकलाई अगाडि बढाईएको बताए ।

कार्यक्रममा त्रियुगा उधोग वाणिज्य महासंघका अध्यक्ष गजेन्द्र भगतले बैंकको महंगो ब्याजदरले धेरै व्यावसायिहरु मार्कामा परेको बताएका छन् । उनले ७.८ प्रतिशत ब्याजदरमै बैंकले कारोबार गरे ब्यावसायिलाई सुलभ हुने बताए ।

हालसम्म बैंकले १२८ वटा शाखा र १५६ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x