कोभिड-१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैङ्ककाे सूचना

nepal rastra bank

ज्ञानमाण्डू। विश्वव्यापी रूपमा पछिल्ला केही दिनमा कोभिड-१९ को सङ्क्रमण नयाँ स्वरूपमा फैलिन थालेपछि नेपालमा समेत सोही रूपमा सङ्क्रमण फैलन सङ्केत देखिएको भन्दै नेपाल राष्ट्र बैङ्कले सोमबार एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूलाई आवश्यक स्वास्थ्य सतर्कता अवलम्बन गर्दै कारोबार गर्न सूचित गरेको छ।

बैङ्क तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा कोभिड-१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरू अवलम्बन गरी, सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्ने गरी, सञ्चालन गरेको एटिएम बुथहरूबाट हुनसक्ने सङ्क्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी सेनिटाइजर लगायतका सामाग्रीको व्यवस्था गर्दै, बैङ्क तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरूमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइ काम कारोबार सञ्चालन गर्न राष्ट्र बैङ्कले सूचित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x