सिस्नुको परिकारमा रमाउँदै पर्यटक

ज्ञानमाण्डू।जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको हो ।

होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकारका खाना नै बढी खोज्ने गरेका छन् । सिस्नु, कोदो, मकै र रातो चामलको परिकार बढी खोज्ने गरेको होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले जानकारी दिए। “यहाँ आउने स्वदेशी तथा विदेशीले स्थानीय खाना बढी खोज्ने गरेका छन्”, उनले भने , “सिस्नु पहिलो रोजाइमा पर्ने गरेको छ ।” 

होमस्टेमा आउनेमा बढी स्वदेशी हुने गरेको उनीहरूले प्रायःजसोले सिस्नोको स्वाद लिने र फर्किदा सिस्नुको पीठो लैजाने गरेको सञ्चालक मल्लले बताए । “यहाँ आउने प्रायः नेपाली पर्यटक बढी हुने गरेका छन्”, उनले भने , “स्थानीय सिस्नुको स्वाद चाख्छन् र सिस्नु पीठो घरमा पनि लैजान्छन् ।”

यहाँ आउने विदेशी पर्यटकले इन्टरनेटको माग बढी गर्ने गरेका छन् । सो सुविधा नभएकोले यहाँ आउने विदेशीले लामो समयसम्म बस्न नमान्ने वडाध्यक्ष रजबहादुर मल्लले जानकारी दिए । “होमस्टेमा विदेशी पर्यटक पनि आउँछन्”, उनले भने, “विदेशी इन्टरनेटको माग बढी गर्छन् । यहाँ इन्टरनेट नहुँदा धेरै बस्न मान्दैनन् ।”

होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले भने , “नेपाली पर्यटकले इन्टरनेटको खासै माग गर्दैन मोबाइल फोन पनि राम्रो काम नगर्ने गाउँमा विदेशी पर्यटकहरुले इन्टरनेटको माग बढी गर्छन् ।”रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x