आइएमई पे स्क्यान गरि किराना खरिद गर्दा दश प्रतिशत छुट



ज्ञानमाण्डू। आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १०% छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएकाे छ ।

स्टोरहरुमा विभिन्न QR प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले Scan Any QR अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण QR स्कान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको छ । यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै QR स्कान गरी भुक्तानी गर्न मिल्नेछ ।

साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउने जनाइएकाे छ । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेट मार्फत मात्रै १०% छुट (रु. १०० सम्म मात्र) पाउँनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट ID ले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १०% छुट पाउनेछ र यो अफर सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x