"ग्लोबल मनी वीक २०२२" वाकाथनका साथ मनाइयाे

global money week

ज्ञानमाण्डू। ग्लोबल मनी वीक, युवाहरूको आर्थिक र वित्तीय क्षत्रसँग सम्बन्धित क्षमता अभिवृद्धि गर्ने र युवाहरूलाई, सानै उमेरदेखि आर्थिक रूपमा सचेत छन् र सो क्षमता अभिवृद्धि गर्न र बिस्तारै सही वित्तीय निर्णयहरू लिन आवश्यक हुने ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरू प्राप्त गर्दै छन् भन्ने कुरा सुनिश्चित गर्ने एक वार्षिक विश्वव्यापी सचेतना मूलक अभियान हो ।

नेपालमा पनि विभिन्न सङ्घ संस्थाहरूले विभिन्न कार्यक्रमहरू तथा गतिविधिहरूका साथ ग्लोबल मनी वीक २०२२ मनाएका छन्। त्यस्तै आज काठमाडौँमा नेपाल धिताेपत्र बोर्डद्वारा आयोजित वाकाथन कार्यक्रममा विभिन्न संस्थाहरूको सहभागिता रहेको थियो । वाकाथन भद्रकालीदेखि सुरु भएर रत्नपार्क हुँदै भृकुटीमण्डप पुगेर समापन भएको थियो । 


"सिक्नुहोस् - बचत गर्नुहोस् - कमाउनुहोस्" भन्ने नाराले ग्लोबल मनी वीकका मुख्य सन्देशहरूको व्याख्या गर्नुका साथै बालबालिका र युवाहरूलाई आफ्नो पुँजी बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न मात्र नभई आफ्नो भविष्यको लागि बचत गर्न र आफू सँगै आफ्नो परिवारका लागि कमाउनको निमित्त सशक्त बनाउन विश्वभरका संस्थाहरूले यस हप्तामा आयोजना गर्ने आफ्नै GMW कार्यक्रमहरूलाई समर्थन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x