एन आई सी एशिया बैंकको चाड पर्वहरूको उपलक्ष्यमा निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना



ज्ञानमाण्डू। एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले २०७९ भाद्र १५ देखि कात्र्तिक १५ सम्म लागू हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकहरूले
NIC ASIA MoBank प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सकिने बैंकले जनाएकाे छ । Self Help बैंकिङ्गको अवधारणा अनुरुप NIC ASIA MoBank मार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सकिने बैंकले जनाएकाे


यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो
NIC ASIA MoBank बाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको NIC ASIA MoBank भित्र रहेको  iRemit आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सकिने बैंकले जनाएकाे । यसरी दैनिक अधिकतम रु.२५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उहाँहरूको अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको बताएकाे छ ।


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको 
बैंकले जनाएकाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x