नाफामा सामान्य सुधार गरेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको प्रतिशेयर आम्दानी कति ?

first laghu bitta
ज्ञानमाण्डू। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा १.२९ प्रतिशतले बढेको छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा १३ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा १४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आ.व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा सापटी ६४.४० प्रतिशतले र कर्जा लगानी ४८.०२ प्रतिशतले बढाएको छ । ८ अर्ब ६० करोड रुपैयाँ सापटीबाट ८ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको लघुवित्तको जगेडा कोषमा भने २८ करोड १ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८.१० प्रतिशतले बढेर २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै लघुवित्तको निष्कृय कर्जा अनुपात ० प्रतिशत र प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा र पछिल्लो कारोबार मूल्य रु ८६६ को आधारमा मूल्य आम्दानी अनुपात ५३.६५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x