छिमेक लघुवित्तकाे नाफामा २३१.५४ प्रतिशतकाे वृद्धि, प्रतिशेयर आम्दानी कति ?

chhimek laghubitta

ज्ञानमाण्डू। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २३१.५४ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ६ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले २१ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छिमेक लघुवित्तले २३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै लघुवित्तले ५अर्ब ५१ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।


छिमेक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २३.५० प्रतिशतले बढेर ५३ करोड ३८ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात १.०३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ८० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७९ रुपैयाँ ६२ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १७२० काे आधारमा मूल्य आम्दानी अनुपात ३६.७५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x