मुक्तिनाथ विकास बैंकको खुद ब्याज आम्दानी ४२% ले वृद्धि हुँदा नाफा साढे १७% ले बढ्यो


ज्ञानमाण्डू।मुक्तिनाथ विकास बैङ्कको नाफा १७.४८ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले २९ कराेड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ३४ करोड ५५ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

४ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मुक्तिनाथ विकास बैङ्कले ९७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ३६ करोड रुपैयाँ र संचित मुनाफा ९५ कराेड ६३ लाख रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४१.८३ प्रतिशतले बढेर ८३ करोड ७६ लाख रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो आम्दानी ५९ करोड ६ लाख रहेको थियो।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९५ करोड ६३ लाख रुपैयाँ रहेको छ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.२३ प्रतिशत र प्रतिशेयर आम्दानी २८ रुपैयाँ ७३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा र पछिल्लाे काराेबार मूल्य रू ७३८ काे आधारमा मूल्य आम्दानी अनुपात २५.७ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x