सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज ८ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ८९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ।


 

अघिल्लो कारोबारी दिन अर्थात विहीबार असाेज ७ गतेका दिन, छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



शुक्रबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x