धितोपत्र बजारमा ३.८७% को वृद्धि, नेप्से परिसूचक २८१६.९५ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक भारि अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २८१६ दशमलव ९५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १९ दशमलव ४७ अंकले बढेर ५२८ दशमलव १० को विन्दुमा पुगेको छ ।



आज कूल २१७ कम्पनीका १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर रु ६ अर्ब १७ करोड ९३ लाख ०० हजार १५७ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ६० दशमलव ९२ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १३२ दशमलव ६७ अङ्कले, होटल तथा पर्यटन उपसमूह १३६.९ अङ्कले, विकास बैंक उपसमूह ३८१.४२ अङ्कले, जलविद्युत उपसमूह १६९.४४ अङ्कले, वित्त उपसमूह २०७.९३ अङ्कले, निर्जीवन बीमा ४४१.८७ अङ्कले, उत्पादन उपसमूह १८२.३१ अङ्कले, अन्य उपसमूह ४१.७३ अङ्कले, लघुवित्त उपसमूह १७०.७३ अङ्कले, जीवन बीमा उपसमूह ५५१.७५ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २२ अङ्कले र लगानी उपसमूह ३ दशमलव ८९ अङ्कले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x