६२.७० प्रतिशतले नाफा वृद्धि गर्न सफल मुक्तिनाथ विकास बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?



ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैङ्कको नाफा ६२.७० प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ७० कराेड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मुक्तिनाथ विकास बैङ्कले ८६ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब १२ कराेड रुपैयाँ र संचित मुनाफा ८६ कराेड ७६ लाख रूपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.७० प्रतिशतले बढेर २ अर्ब ७० करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ८६ कराेड ५ लाख रुपैयाँ रहेकाे छ अर्थात मुक्तिनाथ विकास बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १७.९ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैङ्ककाे निष्कृय कर्जा अनुपात ०.२५  प्रतिशत र प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४९ पैसा र पछिल्लाे काराेबार मूल्य रू ७७४ काे आधारमा मूल्य आम्दानी अनुपात ३२.३५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x