६८.४५ प्रतिशतले नाफा वृद्धि गर्न सफल प्रभु बैंककाे लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। प्रभु बैङ्कको नाफा ६८.४५ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब १९ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैङ्कले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ४५ कराेड रुपैयाँ र संचित मुनाफा १ अर्ब ६१ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.०८ प्रतिशतले बढेर ५ अर्ब २ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ४८ कराेड रुपैयाँ रहेकाे छ अर्थात प्रभु बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १३.०६ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.६८ प्रतिशत र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ५० पैसा र पछिल्लाे काराेबार मूल्य रू ४९४.५० काे आधारमा मूल्य आम्दानी अनुपात २७.८९ गुणा रहेकाे छ ।
prabhu bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x