वित्तीय क्षमताका आधारमा सिटिजन्स् र नेपाल बङ्गलादेश बैङ्कलाई दाँजेर हेर्दा

ज्ञानमाण्डू। आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका दुई वटा वाणिज्य बैङ्कहरू सिटिजन्स् बैङ्क इन्टरनेशनल र नेपाल बंगलादेश बैङ्कलाई आ. व. २०७६/७७ र आ. व. २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा एक आपसमा तुलना गर्ने प्रयास गरिएको छ ।

चुक्ता पुँजी: आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा, सिटिजन्स् बैङ्क इन्टरनेशनलको चुक्ता पुँजी ३८.३६ प्रतिशतले बढेर १२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने नेपाल बंगलादेश बैङ्कको चुक्ता पुँजी ५.९९ प्रतिशतले बढेर ९ अर्ब रुपैयाँ कायम भएको छ ।

निक्षेप संकलन: १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी सिटिजन्स् बैङ्क निक्षेप सङ्कलनमा नेपाल बंगलादेश बैङ्क भन्दा अगाडि रहेको छ । नेपाल बंगलादेश बैङ्कको निक्षेप सङ्कलन भने ८७ अर्ब १२ करोड रुपैयाँ रहेको छ । आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा सिटिजन्स् बैङ्कले ५८.९२ प्रतिशतले र नेपाल बंगलादेश बैङ्कले ३१.१५ प्रतिशतले निक्षेप सङ्कलनमा वृद्धि गरेको देखिन्छ ।

कर्जा लगानी: सिटिजन्स् बैङ्कले १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा नेपाल बंगलादेश बैङ्कले भने ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा सिटिजन्स् बैङ्कले आक्रामक रूपमा ५०.१३ प्रतिशतले कर्जा लगानीमा वृद्धि गरेको देखिन्छ भने नेपाल बंगलादेश बैङ्कले भने १५.८६ प्रतिशतले कर्जा लगानी बढाएको छ ।

खुद ब्याज आम्दानी: सिटिजन्स् बैङ्कले व्यवसाय विस्तारबाट नेपाल बंगलादेश बैङ्कले भन्दा बढी खुद ब्याज आम्दानी गरेको छ। सिटिजन्स् बैङ्कले ३ अर्ब ६० करोड रुपैयाँ र नेपाल बंगलादेश बैङ्कले २ अर्ब ६३ करोड खुद ब्याज आम्दानी गरेका छन् । गत आर्थिक वर्षको तुलनामा सिटिजन्स् बैङ्कले २५.०८ प्रतिशतको खुद ब्याज आम्दानी वृद्धि हासिल गर्दा नेपाल बंगलादेश बैङ्कले ७.५० प्रतिशतले खुद ब्याज आम्दानी घटाएको देखिन्छ ।


नाफा: नेपाल बंगलादेश बैङ्कले २ अर्ब २९ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ भने सिटिजन्स् बैङ्कले १ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । गत आर्थिक वर्षको तुलनामा नेपाल बंगलादेश बैङ्कले ८४.१७ प्रतिशतले नाफा वृद्धि गर्दा सिटिजन्स् बैङ्कले ३३.४० प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।

जगेडा कोष: नेपाल बंगलादेश बैङ्कले जगेडा काेषलाई २६.७६ प्रतिशतले बढाएर ४ अर्ब ७६ करोड रुपैयाँ कायम गरेको छ भने सिटिजन्स् बैङ्कले जगेडा काेषलाई ३०.२२ प्रतिशतले बढाएर ४ अर्ब ४१ करोड रुपैयाँ पुर्याएकाे छ।

सञ्चित मुनाफा: नेपाल बंगलादेश बैङ्कको सञ्चित मुनाफा १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने सिटिजन्स् बैङ्कको सञ्चित मुनाफा १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

वितरण योग्य मुनाफा: सिटिजन्स् बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ भने नेपाल बंगलादेश बैङ्कको १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ ।

निष्क्रिय कर्जा: नेपाल बंगलादेश बैङ्कको निष्क्रिय कर्जा सिटिजन्स् बैङ्कको भन्दा कम १ दशमलव ५५ प्रतिशत देखिन्छ भने सिटिजन्स् बैङ्कको २ दशमलव ७७ प्रतिशत निष्क्रिय कर्जा देखिन्छ ।

प्रति शेयर आम्दानी: सिटिजन्स् बैङ्कको प्रति शेयर आम्दानी १२ रुपैयाँ ७१ पैसा रहेको छ भने नेपाल बंगलादेश बैङ्क प्रति शेयर आम्दानी २५ रुपैयाँ ४६ पैसा सहित अघि छ ।

मूल्य आम्दानी अनुपात: पछिल्लो कारोबार मूल्यको आधारमा नेपाल बंगलादेश बैङ्कको मूल्य आम्दानी अनुपात १९.१३ गुणा छ भने सिटिजन्स् बैङ्कको मूल्य आम्दानी अनुपात ३१.९८ गुणा रहेको छ ।

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x