मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैंक लि.ले ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै बैंकले बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन गर्ने योजना सार्वजनिक गरिएको जनाएको छ ।

ग्राहकहरुले मात्र १०० रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् । बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी दिईने जनाएको छ ।

बैंकले पहिलो वर्षको लागि निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्ग सेवा समेत प्रदान गर्ने जनाएको छ । सो खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x