व्यवहारिक पढाइका कारण केएफएको एमबिए उत्कृष्ट छ: कलेज प्रमुख रेस्टा झा

सन् २००१ मा बैंकिङ्ग तालिम केन्द्रबाट सञ्चालनमा आएको केएफए अहिले बैंकिङ्ग तालीमसँगै परामर्श र शैक्षिक विधामा पनि अघि बढी रहेको छ । नेपाली विद्यार्थीहरू माझ केएफएको एमबिए कार्यक्रम दिन प्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ। केएफएले सञ्चालन गर्दै आइरहेको एमबिए कार्यक्रम तथा अन्य शैक्षिक गतिविधिहरूका सम्बन्धमा सो कलेजका प्रमुख तथा केएफए ग्रुपका अध्यक्ष श्री रेस्टा झा सँग ज्ञानमाण्डू प्रतिनिधिले गर्नुभएको संक्षिप्त कुराकानी ।
  • केएफए स्थापनाको पृष्ठभूमिको बारेमा केही बताइ दिनुहोस् न ?
केएफए आज भन्दा २१ वर्ष अगाडि सन् २००१ जुलाई ४ मा स्थापना भएको हो । सुरुवाती दिनहरूमा हामी बैंकिङ्ग सम्बन्धी तालिमहरू सञ्चालन गर्थ्यौँ । त्यो बेलामा बैंकिङ्ग सेक्टरको ग्रोथ निकै राम्रो थियो र हामीले बैंकिङ्ग सम्बन्धी तालिमहरूको अभाव स्पष्ट रूपमा देखेका थियौँ। त्यो बेलामा बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले केएफएद्वारा सञ्चालित तालिमहरूमा सहभागी भई आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति गर्ने गर्दथे। यसरी एउटा विशुद्ध बैंकिङ्ग तालिम केन्द्रबाट हाम्रो यात्रा सुरु भएको थियो। त्यसपछि हामीले बैंकिङ्ग सम्बन्धी तालिमहरूलाई विस्तार गर्दै गयौँ जसले हामीलाई मार्केटमा बैंकिंग तालिमका लागि प्रख्यात बनायो ।
 
त्यसपछि सन् २००९ मा हामी कलेज सञ्चालन मार्फत शैक्षिक क्षेत्रमा प्रवेश गर्‍यौँ। हामीले भारतको भिनायक मिसन्स युनिभर्सिटी सँग सम्बन्धन लिइ कलेज सञ्चालन गर्‍यौँ। हाम्रो पृष्ठभूमिलाई हेरेर हामीले एमबिए कार्यक्रम पनि बैंकिंग र बीमामा नै सञ्चालन गरेका थियौँ। त्यसपछि हामीले लिङ्कन विश्वविद्यालय मलेसिया सँग सम्बद्ध भएर एमबिए सञ्चालन गरिरहेका छौँ। अहिले हामीले एमबिए र बीएचएम ( होटेल म्यानेजमेन्ट ) गरी दुई वटा मात्र कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।
 
त्यस्तै हाम्रो अर्को सेवा भनेको परामर्श सेवा हो । हामीले व्यावसायिक र अनुपालन (Compliance) सम्बन्धी परामर्श सेवा साथै व्यावसायिक मूल्याङ्कनको काम पनि गर्दै आएका छौँ । आज मात्र हामीले एउटा ट्राभल्सको लागि व्यावसायिक मूल्याङ्कनको कामको सम्झौता गरेका छौँ। यसरी केएफएले बैंकिङ्ग तालिम, कलेज र परामर्श सेवाहरू प्रदान गर्दै आइरहेको छ।
 
kfa
 
  • केएफए भने पछि हामी सबैको मन मस्तिष्कमा बैंकिंग तालिम भनेर आउँदछ तर अहिले केएफए का ३ स्तम्भ तालिम, परामर्श र शिक्षा भनेर भनिन्छ, तालिम बाहेक अन्य दुई स्तम्भहरू खडा गर्नका लागि केएफएलाई के कुराले प्रोत्साहन गर्‍यो त ?
प्रोत्साहन गर्ने मुख्य कारण भनेको बजारको माग हो। बजारमा जे कुराको अभाव र जे कुरामा समस्या छ त्यही क्षेत्रमा प्रवेश गर्ने हाम्रो योजना थियो र त्यही योजना अनुसार हामी अघि बढेका हौँ । हामीले केएफए सुरू गर्दा बजारमा बैंकिंग तालिमको जरुरत थियो त्यसैले हामीले त्यो जरुरतलाई पुरा गर्नका निमित्त तालिम मार्फत हाम्रो यात्रा तय गरेका थियौँ। फेरी शैक्षिक क्षेत्रमा प्रवेश गरेर हामीले बैंकिंग तालिमहरू प्राथमिकतामा नराखेका भने होइनौँ , हामीले समय क्रम र माग अनुसार आवश्यक नयाँ नयाँ बैंकिंग तालिमहरू सञ्चालन गर्दै आएका छौँ। हिजो मात्र हामीले बैंकिंग तालिममा कोर बैंकिंग सिस्टमको सफ्टवेयर सम्बन्धी कोर्सको सुरुवात गरेका छौँ।
  • केएफएले सञ्चालन गरेका technical, soft skills / academic कार्यक्रमहरू मार्फत यहाँहरूले academic तर्फका विद्यार्थीहरू अथवा soft skills / technical तर्फका सहभागीहरूलाई नजिकबाट नियाल्ने अवसर पनि पाउनु भएको छ । यो समग्रतामा नेपालको समग्र शिक्षा प्रणालीलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?

नेपालको शिक्षा प्रणाली त्यति सान्दर्भिक छैन कि जस्तो लाग्छ । विद्यार्थीहरूले परीक्षामा राम्रो जिपिए अर्थात अङ्क ल्याएर उत्तीर्ण त हुन्छन् तर सैद्धान्तिक रुपमा पढेको कुरा भने व्यावहारिक रूपमा उतार्न अलि कठिन भएको हो कि जस्तो लाग्छ । पढाई र पढेको कुरालाई व्यवहारमा उतार्न भने प्रारम्भिक कक्षा देखिनै व्यवहारोपयोगी शिक्षामा केन्द्रित हुनुपर्दछ । साथै पाठ्यक्रमहरू उपलब्ध नभएका कारण पनि विद्यार्थीहरूले आफ्नो इच्छा, चाहना र रुचि अनुसार पढाइका विषयहरू छनौट गर्न नसक्ने कुरा पनि महसुस गर्न सकिन्छ ।

विद्यार्थीले किताबी ज्ञानलाई व्यावहारिक ज्ञानमा रूपान्तरण गर्नका लागि विश्वविद्यालयहरुले पाठ्यक्रममा समय सापेक्ष परिमार्जन गर्नु पर्ने देखिन्छ । जुन विश्वविद्यालयले समय सापेक्ष आफूलाई ढाल्न सक्छ त्यो विश्वविद्यालयबाट दीक्षान्त हासिल गरेका विद्यार्थीले पछि आफू कुनै संस्थासँग आबद्ध हुँदा राम्रो कार्यकुशलता प्रदर्शन गर्न सक्छन् । साथै आजको दिनमा शिक्षा जगतमा डिजिटाइजेशनलाई मध्ये नजर गर्दै भर्चुअल रूपमा पढाइ सम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको पनि मैले महसुस गरेको छु।

  • आजको दिनमा केएफएले शैक्षिक कार्यक्रम तर्फ केके कार्यक्रमहरू संचालन गरेको छ ? यी कार्यक्रकहरूको अवधि र सम्बद्धता का बारेमा केही बताइदिनुहोस् न ।

अहिले हाम्रोमा दुई वटा कार्यक्रमहरू सञ्चालनमा छन्, एमबिए र बी एचएम । हामी लिङ्कन विश्वविद्यालय , मलेसियासँग आबद्ध भएर कार्यक्रम सञ्चालन गरिरहेका छैाँ भने शिक्षा मन्त्रालयसँग अनुमति र त्रिभुवन विश्वविद्यालय सँग समकक्षता पनि लिएका छौ । एमबिए दुई वर्षको कार्यक्रम हो भने बीएचएम ४ वर्षको कार्यक्रम हो । बीएचएम ३ वर्ष कलेजमा पढाई हुन्छ र अन्तिम एक वर्ष विद्यार्थीले विदेशमा गएर इन्टर्नसिप गर्नु पछ । हामीले रेगुलर एमबिए सँगै प्रोफेसनल एमबिए पनि संचालन गरिरहेका छौ ।

  • एमबिए कार्यक्रमका लागि केएफए नै रोज्नु पर्ने खास कारण केही छ कि ?

एमबिए भनेको व्यवस्थापन तर्फ लक्षित विषय हो । एमबिए भनेको व्यवस्थापन संकायका व्यक्तिहूका लागि मात्र नभई सबै विधाका व्यक्तिहरूलाई चाहिने कुरा हो । एमबिए पढे पछि विद्यार्थीको प्रस्तुति गर्ने क्षमता, व्यापारिक सोचका साथ डिल गर्ने, कम्पनी व्यवस्थापन गर्ने क्षमतामा वृद्धि हुन्छ । एमबिए अलि प्रयोगात्मक र व्यवहारिक विधा हो ।

हाम्रो अध्ययन प्रणालीमा प्रत्येक विषयको लागि दुई जना शिक्षकको व्यवस्था गरिएको छ (Dual Faculty), एक जना शिक्षकले नियमित पाठ्यक्रममा केन्द्रित रहेर कक्षा सञ्चालन गर्नु हुन्छ भने अर्को शिक्षकले त्यस पाठ्यक्रमको विषय वस्तुलाई व्यवहारमा कसरी उतार्न सकिन्छ र त्यस सम्बन्धी बजारमा रहेका अनुभव र उदाहरणहरूलाई विद्यार्थी समक्ष राख्नु हुन्छ जसले गर्दा विद्यार्थीहरूले संगसंगै सैद्धान्तिक र व्यवहारिक शिक्षा ग्रहण गर्न सक्छन्।  त्यस्तै हामीले उद्यमशीलतालाई प्राथमिकतामा राखेर इच्छुक विद्यार्थीहरूको विचार, सोच र परियोजनालाई मूर्तरुप दिन मार्गदर्शनका साथ साथै परामर्श पनि गर्ने गदछौ । यी दुई खास कारणले गर्दा एमबिए का लागि केएफए रोज्नु उपयुक्त हुन्छ भन्ने हाम्रो भनाइ हो ।

  • सबै जना व्यापार व्यवसाय नै गर्छन भन्ने जरूरत छैन, त्यसकारण केएफएबाट एमबिए गरेका विद्यार्थीहरूलाई Job Placement को व्यवस्था छ कि छैन होला ?
हामीले प्रत्येक वर्ष करियर फेयर गर्दै आएका छौँ । अघिल्ला करियर फेयरहरू हेर्दा करिब २०/२५ वटा संस्थाहरुले हाम्रो कार्यक्रममा सहभागिता जनाएका छन् र योग्य विद्यार्थीहरूलाई रोजगारीको अवसर पनि प्रदान गर्ने गरेका छन् ।
  • एमबिए अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई  तपाइको केही सन्देश छ कि ?
यदि तपाईँलाई डिग्रीको मात्र आवश्यकता हो भने तपाईँले एमबिए गरेको कुनै औचित्य हुँदैन । यदि तपाईँले प्रतिबद्धता सँगै एमबिएका लागि समय व्यवस्थापन गर्न सक्नु हुन्छ, तपाईलाई व्यापार व्यवसायमा रुचि छ भने तपाईँको जीवनमा एमबिएले ठुलो परिवर्तन ल्याउन सक्दछ । हाम्रो कलेजको उदाहरण दिने हो भने पनि एक जना इन्जिनियर भाइले मिहिनेतका साथ एमबिए गरेर छोटो अवधिमै अहिले कुनै क्यापिटलमा विभागीय प्रमुखको रूपमा कार्यरत छन् त्यस्तै हाम्रो कलेजको विद्यार्थीहरूले तयार गरेको परियोजना अहिले ७ करोड भन्दा माथिको कम्पनी बनेको छ । त्यस कारण एमबिए पास गर्ने मात्र लक्ष्य राख्नु भन्दा पनि एमबिए अध्ययनका क्रममा सिकेका कुराहरू आफ्नो कार्यक्षेत्र अथवा उद्यमशीलतामा लागु गरी व्यवहारमा उतार्छु भन्ने लक्ष्यका साथ आउनु भयो भने एमबिए अध्ययन गर्नुको वास्तविक औचित्य पुरा हुन्छ ।
  • अन्त्यमा, केएफएका भावी योजनाहरूका बारेमा केही बताइदिनुहोस् न ।
हामीले जे काम गरे पनि ज्ञान र शिक्षाको वरिपरि रहेर काम गर्ने गरेका छौँ । हाम्रो आइटिको कार्यक्रमलाई सञ्चालन सम्बन्धी अनुमति प्राप्त गरी सकेका छौँ र अब नोभेम्बर देखि हामीले आइटिको कार्यक्रम पनि सुरु गर्दै छौँ भने साइबर सुरक्षा र नेटवोर्किङ्गमा ब्याचलर्स कार्यक्रम पनि चाडै नै सञ्चालन गर्ने तयारीमा छौ । त्यस्तै हामीले बिबिए कार्यक्रम पनि ल्याउँदै छौँ, यो वर्ष सम्म हामीले ५ वटा कार्यक्रमहरू सञ्चालन गर्ने तैयारीमा छौँ भने अघिल्लो वर्ष हामीले केएफए एग्रो एण्ड प्रोसेसिङ्ग भनेर नयाँ उद्यम सुरु गरेका छौँ ।

त्यस्तै भविष्यको अर्को भावी योजना भनेको भेन्चर क्यापिटल हो । नेपालमा रहेका स्टार्टअप र अन्य कम्पनीलाई सहयोग गर्ने हिसाबले हामीले यो योजनालाई अघि बढाइ रहेका छौ । नेपालमा उद्यमशीलताको कमी रहेकोले हामीलाई यो क्षेत्रमा पनि राम्रै योगदान गर्न सकिन्छ कि भन्ने लागेको छ । यो विषयमा हामी विदेशी लगानीकर्ताहरू सँग पनि निरन्तर कुराकानीमा रहिरहेका छौँ । सबै कुराहरूको राम्रो तालमेल मिलेको अवस्थामा यो वर्ष हामीले ५ वटा क्षेत्रमा काम गर्ने योजना बनाएका छौं । हाम्रो शेयर धनीका बारेमा भन्नु पर्दा चाहिँ बैंकिंग र बिमा क्षेत्रमा संलग्न लगानीकर्ताहरू हुनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

33.33%
0.00%
0.00%
33.33%
33.33%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x