धितोपत्र बजारमा ६२.२९ अङ्कको वृद्धि, नेप्से २५७१.३४ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर २५७१ दशमलव ३४ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ९७ अङ्कले बढेर ४४८ दशमलव ९७ को विन्दुमा पुगेको छ ।

आज कूल ३१४ कम्पनीहरूका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर रु. ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य ट्रेडिङ उपसमूह २८.५७ अङ्कले घटेकाे छ । यता, बैङ्किङ उपसमूह २५ दशमलव ८२ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह २३४ दशमलव ६३ अङ्कले, वित्त उपसमूह ६७ दशमलव ९० अङ्कले, होटेल तथा पर्यटन उपसमूह १६६.८६ अङ्कले, जलविद्युत उपसमूह १२३.३१ अङ्कले, लगानी उपसमूह ३.२१ अङ्कले, जीवन बिमा उपसमूह ४३३.६२ अङ्कले, उत्पादन उपसमूह २७.०३ अङ्कले, लघुवित्त उपसमूह १२२.०८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०९ अङ्कले, निर्जीवन बिमा २६६.६४ अङ्कले र अन्य उपसमूह ४४.६५ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x