आज देखि दाेल्ती पावर कम्पनीको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

दाेल्ती पावर कम्पनी लिमिटेडले फाल्गुन ०८ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले (आयोजना प्रभावित क्षेत्रका बासिन्दाले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार कित्ता सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार कित्ता नै तोकेको छ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरका १६ लाख ०९ हजार ४५८ कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् ५ लाख ३६ हजार ४८६ कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नाैमुले र २ लाख ६८ हजार २४३ कित्ता शेयर कालिका गा.वि.स. मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरूको लागि तथा आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नाैमुले र कालिका गा.वि.स. बाहेक) का स्थानीय बासिन्दाहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर र कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको १० लाख ७२ हजार ९७२ कित्ता शेयर मध्ये १० प्रतिशत अर्थात् १ लाख ०७ हजार २९८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) फाल्गुन २५ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा चैत्र ०७ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति पनि फाल्गुन २५ गते रहेको कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी-आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x