नागरिक लगानी काेषले आज २८ औँ वार्षिक साधारण सभा गर्दै



नागरिक लगानी काेषले असार ३१ गते (आज) २८ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कोषको केन्द्रीय कार्यालय, सी.आई.टी. बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा अपराह्न ३:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले आ.व २०७८/०७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएकाे प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद (कर प्रयोजनका लागि) लाभांश स्वीकृति गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार १९ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा असार १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x