जलशक्ति हाइड्रोको १ अर्बको आइपिओ आउँदै

Gyanmandu | Achieving Excellence Together
जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारी गरेको छ। धादिङ जिल्लास्थित इल्लेप (तातोपानी) खोलामा निर्माणाधीन २३.६७५ मेगावाट क्षमताको जलविद्युत आयोजनाका लागि आवश्यक पुँजी जुटाउन कम्पनीले आइपिओ ल्याउन लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा १ करोड कित्ता सेयर जारी गर्दै कुल १ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने जनाएको छ। निष्कासन गरिने सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष तथा सर्वसाधारणका लागि छुट्टाइनेछ।

कुल २ अर्ब ५० करोड रुपैयाँ जारी पुँजी रहने कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहने संरचना तय गरिएको छ।

आइपिओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सानिमा क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। यस सम्बन्धी सम्झौतामा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रोका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईँले हस्ताक्षर गर्नुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x