
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १ दशमलव ५३ अङ्कले बढेर २६९५ दशमलव ७३ को विन्दुमा कायम भएको छ। आज कूल ३३० कम्पनीहरूका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर रु. ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ४१ करोड ४९ लाख ९९ हजार ६६२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, एसवाई प्यानल नेपाल लिमिटेडको रु. ३८ करोड ५० लाख ३ हजार ०३३ बराबरको शेयर कारोबार भएको छ ।
यता, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको रु. २८ करोड ४१ लाख ४३ हजार ५००, राधी विद्युत कम्पनी लिमिटेडको रु. २८ करोड २८ लाख ५० हजार ५३३ र पिपुल्स पावर लिमिटेडको रु. २४ करोड ९६ लाख ६६ हजार २५६ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
