मेन्छियाम हाइड्रोपावरकाे लकइन शेयर खुला, भोलिदेखि कारोबार योग्य

मेन्छियाम हाइड्रोपावर लिमिटेडकाे संस्थापक, स्थानीय बासिन्दा र कर्मचारी समूहका शेयरको लकइन अवधि समाप्त भएको छ। अब यी शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछन्।

कम्पनीकाे अनुसार संस्थापकतर्फ ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दातर्फ ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फ ३ हजार २४० कित्ता शेयरको लकइन अवधि वैशाख १२ गते समाप्त भएको हो।

तीन वर्षदेखि रोक्का रहेको यी शेयर अब सोमबारदेखि कारोबार योग्य हुनेछन्। तर, सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको शेयर भने नियमानुसार अझै रोक्का नै रहनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x