यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको चाैँथाे कारोबार दिन नेप्से परिसूचक १६ दशमलव ४९ अङ्कले बढेर १९५९ दशमलव १२ को विन्दुमा कायम भएको छ। आज कूल २७० कम्पनीहरूका ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर रु. १ अर्ब ८७ करोड ३० लाख १८ हजार ०२४ मा खरिद बिक्री भए ।


कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १४ करोड ६४ लाख ९१ हजार ०७४ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रु. ७ करोड ७४ लाख ७१ हजार ३०६ बराबरको शेयर कारोबार भएको छ।

यता, हिमालयन डिस्टिलरी लिमिटेडको रु. ५ करोड ८१ लाख २९ हजार ०७९ कारोबार हुँदा सोल्टी हाेटल लिमिटेडको रु. ५ करोड ६८ लाख १९ हजार ७४५ र ओरियन्टल हाेटल्स लिमिटेडको रु. ४ करोड ६० लाख ९० हजार २९१ बराबरको शेयर कारोबार भएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x