तेस्रो त्रैमासको आधारमा लिडर र अण्डरभ्यालुड वाणिज्य बैङ्कहरू कुन-कुन हुन् ?

 commercial banks in nepal

ज्ञानमाण्डू। सम्पूर्ण वाणिज्य बैङ्कहरूले आर्थिक वर्ष ७७/७८ को चैत्र महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा राष्ट्रिय वाणिज्य बैङ्क बाहेक दोस्रो बजारमा कारोबार हुने २६ वटा वाणिज्य बैङ्कहरूमा कुन बैङ्कले केमा लिड गर्दै छन् ? 

 

शेयर पुँजी: ग्लोबल आइएमई बैङ्कको पुँजी सर्वाधिक २१ अर्ब ६३ करोड रहेको छ। 

 

जगेडा कोष: नेपाल बैङ्कको जगेडा कोषमा सर्वाधिक २१ अर्ब ५१ करोड रहेको छ । 

 

निक्षेप संकलन: २ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन गरी एनआईसी एशिया बैङ्क निक्षेप सङ्कलनमा अगाडि रहेको छ। 

 

कर्जा लगानी: एनआईसी एशिया बैङ्कले सर्वाधिक २ खर्ब ४७ अर्ब कर्जा लगानी गरेको छ । 

 

खुद नाफा: श्रावण महिना देखि चैत्र महिना सम्म नबिल बैङ्कले ३ अर्ब ६७ करोड नाफा कमाउँदै नेप्सेमा कारोबार हुने वाणिज्य बैङ्कहरू मध्य अग्र स्थानमा रहेको छ। 

 

खुद व्याज आम्दानी: श्रावण महिना देखि चैत्र महिना सम्म ग्लोबल आइएमई बैङ्कले व्यवसाय विस्तारबाट सर्वाधिक ६ अर्ब ८७ करोड खुद ब्याज आम्दानी गरेको छ ।

 

वितरणयोग्य मुनाफा: नबिल बैंकसंग चैत्र मसान्तसम्म सर्वाधिक ३ अर्ब ८० करोड वितरणयोग्य मुनाफा रहेको छ। 

 

वार्षिक प्रति शेयर वितरणयोग्य मुनाफा: नबिल बैङ्कको वार्षिक प्रति शेयर वितरणयोग्य मुनाफा ३७ रुपैयाँ ५२ पैसा देखिन्छ। 

 

प्रति शेयर आम्दानी: नबिल बैङ्क सर्वाधिक ३६ रुपैयाँ ३९ पैसा वार्षिक प्रति शेयर आम्दानी सहित अघि छ। 

 

किताबी मूल्य: नेपाल बैङ्कको सर्वाधिक २७० रुपैयाँ २२ पैसा किताबी मूल्य रहेको छ। 

 

बजार मूल्य: नबिल बैङ्कको बजार मूल्य सर्वाधिक १२८४ रहेको छ। 

 

मूल्य आम्दानी अनुपात: हालको बजार मूल्य अनुसार सानिमा बैङ्कको मूल्य आम्दानी अनुपात सबै भन्दा कम १५ दशमलव ४९ गुणा छ। 

 

खराब कर्जा: एभरेष्ट बैङ्कको खराब कर्जा सबै भन्दा थोरै ० दशमलव १२ प्रतिशत रहेको छ।

 

पीबी रेसियो: सबै भन्दा थोरै पीबी रेसियो नेपाल बैङ्कको १ दशमलव ५७ गुणा रहेको छ।


commercial banks in nepal

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

Commercial Banks of Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x