सिभिल बैंकको खुरखुरे शाखा उद्घाटन

ज्ञानमाण्डू।सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरित खुरखुरे शाखाको समुद्घघाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गर्नुभएको हो । हालको कोरोना महामारीको सङ्क्रमणलाई मध्यनजर गर्दै सिभिल बैंकले सञ्चालन गरेको उक्त उद्घाटन समारोहमा सहभागीको सङ्ख्या न्यून रहेको थियो ।


उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले खुरखुरेमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पुर्‍याउने कुरा बताउनु भयो । व्यापार व्यवसाय विस्तार तथा रोजगारी सृजनाका लागि अनुकूल वातावरणलाई प्रोत्साहन गरेकोमा बैङ्कलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैङ्कबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो सानो पुँजीलाई पनि बैङ्कमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गर्नु भयो ।


उक्त समारोहका सभापति तथा सिभिल बैङ्कका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले, बैङ्क आर्थिक समृद्धिको सहयात्री रहेको र बैङ्कको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने धारणा व्यक्त भयो ।प्रमुख अर्यालले बैंकले सो क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयहरूलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला व्यापार व्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरू जस्तै घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x