नेप्सेमा आईतबार ४ कम्पनीको हकप्रद र बोनस शेयर सूचीकृत, हेर्नुहोस् कुनको कति ?


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार बैशाख ०५ गतेका दिन एक वाणिज्य बैंक, एक विकाश बैंक र एक लघुवित्त सहित थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा आईतबार नेपाल इन्भेष्टमेन्ट बैंक सहित गरिमा विकास बैंक नागरिक लगानी कोषको कुल ३ करोड ९३ लाख ६१ हजार ५८८ दशमलव ३ कित्ता शेयर सूचीकृत भएको हो ।

जस मध्य, नेपाल इन्भेष्टमेन्ट बैंक र गरीमा विकास बैंकको कुल २ करोड ३२ लाख ५५ हजार ९ सय ८० दशमलव ७३ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने नागरिक लगानी कोषको कुल १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । यता, साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेडको भने बोनस शेयर र हकप्रद गरि कुल २५ लाख १३ हजार १५ दशमलव ५६ कित्ता शेयर सूचीकृत भएको छ ।


आईतबार सूचीकृत भएको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा आईतबार नेप्सेमा सूचीकृत भएको हो। नेपाल स्टक एक्सचेन्जमा आईतबार नेपाल इन्भेष्टमेन्ट बैंकको कुल १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


त्यस्तै, सूचीकृत भएको गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ दशमलव ५० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । विकास बैंकको सोहि बोनस शेयर नेप्सेमा आईतबार सूचीकृत भएको हो। नेपाल स्टक एक्सचेन्जमा आईतबार गरिमा विकास बैंकको कुल ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


आईतबार नेपाल इन्भेष्टमेन्ट बैंक र गरिमा विकास बैंक साथै सूचीकृत भएको नागरिक लगानी कोषले आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ हकप्रद शेयर वितरण गरेको थियो । कम्पनीको सोहि हकप्रद शेयर नेप्सेमा आईतबार सूचीकृत भएको हो। नेपाल स्टक एक्सचेन्जमा आईतबार नागरिक लगानी कोषको कुल १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।


आईतबार सूचीकृत भएको साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा आईतबार सूचीकृत भएको हो। नेपाल स्टक एक्सचेन्जमा आईतबार साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल २५ लाख ५७३ दशमलव ५६४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बोनस शेयर सहित लघुवित्तको १२ हजार ४४२ कित्ता हकप्रद शेयर पनि नेप्सेमा आईतबार सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x