विन नेपाल लघुवित्तकाे खुद ब्याज आम्दानीमा ७.७० प्रतिशतकाे गिरावट

Wean Nepal Laghubitta Bittiya Sanstha Limited

 

ज्ञानमाण्डू। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३८.४६ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ कराेड ८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

७ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको विन नेपाल लघुवित्तले ८६ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, विन नेपाल लघुवित्तले ६४ करोड ८८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ५५ लाख रुपैयाँ रहेको छ।

 

विन नेपाल लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७.७० प्रतिशतले घटेर ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.९३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ९९ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १०७२ काे आधारमा मूल्य आम्दानी अनुपात ७८.३६ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x