किसान लघुवित्तको नाफामा ८.०८ प्रतिशतको गिरावट

Kisan Laghubitta BIttiya Snastha Limited

 

ज्ञानमाण्डू। किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८.०८ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १३ कराेड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १२ कराेड ३९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

४७ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको किसान लघुवित्तले ६ अर्ब ७३ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, किसान लघुवित्तले ४ अर्ब ८३ करोड ३० लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २७ करोड ७४ लाख रुपैयाँ रहेको छ।

 

किसान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.४० प्रतिशतले घटेर ३६ करोड २३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.८८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ८६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ९०५ काे आधारमा मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x