फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा ६ करोड २८ लाख रुपैयाँ

ज्ञानमाण्डू।फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७७८ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। 

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ६ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशत कम मुनाफा हो। 

८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको को सोही अवधिसम्ममाको तुलनामा चुक्ता पूँजी ९.५० प्रतिशतले बढेको छ भने जगेडा कोष १४.१८ प्रतिशतले सुधार भएको देखिन्छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको सञ्चालन मुनाफा ५.८३ प्रतिशतले घटेर ९ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ ।

लघुवित्तले ७ अर्ब १ करोड ९४ लाख रुपैयाँ सपाटीबाट ६ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिसम्ममा लघुवित्तको सपाटी ५ अर्ब ५४ करोड रहेको रुपैयाँ थियो। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५९ प्रतिशत वृद्धि हो। लघुवित्तको निष्क्रिय कर्जा शून्य रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ५.८३ प्रतिशतले घटेर ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै समीक्षा अवधि सम्म लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ४८.४५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x