नबिल बैंकद्वारा कर सहित कुल ३५.२६% लाभांश घोषणा

nabil bank
 
ज्ञानमाण्डू। मिति २०७७/०९/०६ गते सम्पन्न नबिल बैंक लिमिटेडको संचालक समितिको ५५२ औं बैठकले यस बैंकको आ.व. २०७६/७७ को मुनाफा मध्येबाट शेयरधनीहरुलाई कर सहितको कुल ३५.२६% लाभांश (३३.५% बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६∞ नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गर्ने कुरा बैंकले जनाएको छ ।

बैंकले आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३८ अर्ब पु¥याएको छ । बैंकको संचालन मुनाफा रु. ५ अर्ब ९ करोड रहेको छ । आ.व. २०७५/७६ मा वित्तीय क्षेत्रबाट ठूला करदाताहरु मध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ । यस बैंकले आधुनिकिकरणलाई आत्मसाथ गर्दै डिजीबैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरु र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x