आँधिखाेला लघुवित्तको नाफा ४ करोड ५५ लाख

Adhikhola Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आँधिखाेला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १०.९७ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४ कराेड १० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४ कराेड ५५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० करोड रुपैयाँ चुक्ता पुँजी रहेको आँधिखाेला लघुवित्तले १ अर्ब ४१ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आँधिखाेला लघुवित्तले ७७ करोड ७१ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १० करोड ८२ लाख रुपैयाँ रहेको छ।

आँधिखाेला लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.९१ प्रतिशतले बढेर ८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.४२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २० पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १३७० काे आधारमा मूल्य आम्दानी अनुपात ३० गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x