कर्णालीमा सङ्क्रमित पाँच हजार

ज्ञानमाण्डू।कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या कर्णालीमा पाँच हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ७०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुई, दैलेख अस्पतालमा २३ र चौरजहारी पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँंडेलले जानकारी दिए । 

कोरोना सङ्क्रमण हुनेमा सुर्खेतका ६३, दैलेखका २३, सल्यान र रुकुमपश्चिमका सातसात, जुम्ला तथा जाजरकोट र कालीकोटका एकएक जना रहेको बताइएको छ । “आज १०३ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमितहरुको कुल सङ्ख्या पाँच हजार १३८ पुगेको छ”, कँंडेलले भने , “पछिल्लो २४ घण्टामा १३४ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।” 

कँंडेलका अनुसार आज १३४ जनाले कोरोना जितेसँगै अब कर्णालीमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ८६२ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेशनमा एक हजार १३२ सङ्क्रमित रहेको देश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँंडेलले बताए । कर्णालीमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको मन्त्रालयले जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x