पुष्पलाल स्मृति पार्क निर्माणको कामले अब गति लिने, ५ करोड ९४ लाख रुपैयाँ लागत

ज्ञानमाण्डू।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठको जन्मभूमि रामेछापको भँगेरीमा पुष्पलाल पार्क निर्माण हुने भएको छ । स्मृति पार्क निर्माणका लागि सरकारले ५ करोड ९४ लाख रुपैयाँ लागत निष्कासन गरेको छ ।

स्मृति पार्क निर्माण घोषणा दुई वर्षअघि नै गरिएको थियो तर जग्गा अधिग्रहण गर्न बजेट नहुँदा काम अगाडि बढ्न सकेको थिएन । यस वर्ष अर्थ मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पार्क निर्माणको लागि ५२ रोपनी जग्गाको मुआब्जाको बजेट उपलब्ध गराएपछि अब काम अगाडि बढ्ने भएको छ ।

स्मृति पार्क निर्माण गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले दुई वर्षअघि निर्णय गरेको थियो । निर्णयमा उच्च प्राथमिकतामा परेको उक्त कार्य हालसम्म अघि बढेको थिएन । पुष्पलाल जन्मेको क्षेत्रलाई समेटेर करिब ५० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया पूरा भइसक्दा सम्बन्धित जग्गाधनीलाई उपलब्ध गराउनुपर्ने मुआब्जाको रकम सरकारले उपलब्ध गराउन नसक्दा काम रोकिएको थियो ।

भंगेरी विश्वका प्रजातन्त्रवादी र कम्युनिस्टहरूको पवित्र स्थल भएकाले अब यसलाई नयाँ गन्तव्यका रूपमा विकास गरिने बताइएको छ ।प्रजातन्त्रवादी र कम्युनिस्टहरूको लागि भंगेरी पवित्र स्थल हुनेछ ।बजेट अभावमा काम रोकिएको पार्क निर्माणको कामले अब गति लिने भएको । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x