नेपाल टेलिकमकाे संविधान दिवसका अवसरमा Constitutional Day Offer

ज्ञानमाण्डू। यही असोज ३ गते मनाइने संविधान दिवस ­२०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराउने भएकाे छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ ।

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x