खुले दामन, पालुङ, टिस्टुङ र चित्लाङका होटल

ज्ञानमाण्डू। मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटल चार महिनाको बन्दाबन्दी पछि आज देखि खुलेका छन् । पर्यटकीय दृष्टिले महत्वपूर्ण दामन सहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटल खुलेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए । 

सरकारले गत असार २६ गतेबाट बन्दाबन्दी खोले पनि होटल भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५ गतेबाट मात्र सञ्चालनमा ल्याउन सकिने निर्णय गरेअनुसार आजबाट दामनका होटल खुलेका हुन् ।

एशोसिएशनको गत साउन १ गतेको बैठकले साउन १५ गतेबाट एशोसिएशनमा आवद्ध होटल स्वास्थ्य सुरक्षा अपनाएर पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । वर्षायाम भएको र अझै लामो दूरीका सवारी सञ्चालनमा नआएका कारण अपेक्षाकृत पर्यटकको सङ्ख्या कम हुने भएपनि आन्तरिक पर्यटनमा सहयोग पु¥याउन होटल पुनःसञ्चालनमा ल्याइएको एशोसिएशनका महासचिव उकेशचन्द्र केसीले बताए । रासस

Hotels Reopen in Daman, Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x