कामना सेवाको वैदेशिक मुद्रा सटही सेवा शुभारम्भ

कामना सेवा विकास बैंक लिमिटेडले वैदेशिक मुद्रा सटही सुविधाको सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तारको क्रममा आफ्नै भवनमा रहेको मुख्य शाखा कार्यालयमा वैदेशिक मुद्रा सटही सुविधाको सेवा शुभारम्भ गरेको हो ।
बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

हाल बैंकको मुख्य शाखा ज्ञानेश्वर, भैरहवा, सृजना चोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखा बाट यो सुविधा लिन सकिने छ । साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरु बाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको आचार्यले बताए ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ८१ वटा शाखा तथा ३६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सि आस्वा लगायतका माध्यम बाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थ्प गर्दै जाने बैंकको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x