नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा ६२ करोड, मूल्य आम्दानी अनुपात २३.६४ गुणा


ज्ञानमाण्डू। नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा २६.१३ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले ६२ करोड ३८ लाख १४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेण्ट बैंकले १ खर्ब ८४ अर्ब ८८ करोड २५ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब २ करोड २४ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १२ अर्ब १ करोड ५४ लाख २१ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ८२ कराेड ८५ लाख ९९ हजार रूपैयाँ रहेको छ ।

As on 30th Ashoj 2077 BS

विवरण
प्रथम त्रैमास २०७७/७८ 
(रू हजारमा)
चुक्ता पुँजी
रू १४,२४,८९,५५
निक्षेप संकलन
रू १,८४,८८,२५,६८
कर्जा लगानी
रू १,३९,०२,२४,५१
खुद ब्याज आम्दानी
रू १,६३,३५,३९
नाफा/(नाेक्सान)
रू ६२,३८,१४
जगेडा कोष
रू १२,०१,५४,२१
संचित मुनाफा
रू १,८२,८५,९९
निष्कृय कर्जा
२.८०%
प्रतिशेयर आम्दानी
१७ रुपैयाँ ५१ पैसा
प्रतिशेयर नेटवर्थ
१९७ रुपैयाँ ३९ पैसा
मूल्य आम्दानी अनुपात
२३.६४ गुणा

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.९६ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ३५ लाख ३९ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २० कराेड ४० लाख ९८ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.८० प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ ३९ पैसा छ र मूल्य आम्दानी अनुपात २३.६४ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x