सांग्रिला डेभलपमेन्ट बैङ्कको नाफामा ४५.२९ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?

shangrila development bank

ज्ञानमाण्डू। सांग्रिला डेभलपमेन्ट बैँकको नाफा ४५.२९ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४१ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ५९ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ अर्ब ०१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सांग्रिला डेभलपमेन्ट बैंकले ४८ अर्ब ७७ कराेड रुपैयाँ निक्षेप सङ्कलन गरी ४० अर्ब ८४ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ९० करोड १६ लाख रुपैयाँ र सञ्चित मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४४.८८ प्रतिशतले बढेर १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा सांग्रिला डेभलपमेन्ट बैङ्कले आफ्ना शेयरधनिहरूलाई ११.५७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.९८ प्रतिशत र प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३३१.३० काे आधारमा मूल्य आम्दानी अनुपात १६.७४ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x