अब देखी मलेसिया जाने नेपालीको स्वास्थ्य परीक्षण नि:शुल्क

ज्ञानमाण्डू।वैदेशिक रोजगारीका लागि नेपाली कामदार मलेसिया जान थालेको करिब २ दशकपछि नेपाली कामदार नि:शुल्क मलेसिया लैजाने गरी दुई देशबिच श्रम समझदारी भएको हो । सहमतिपत्रअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच लगायत शुल्क सम्बन्धित रोजगारदाताले नै बेहोर्नुपर्ने बेहोरा पनि उल्लेख छ।

यसै सन्दर्भमा काठमाडौँ सानेपा स्थित मलेसियन दूतावासले जनाए अनुसार मलेसिया जान इच्छुक नेपालीहरूलाई स्वास्थ्य परीक्षण नि:शुल्क भएको छ ।दूतावासका अनुसार नेपाली कामदारले भुक्तानी गर्नुपर्ने शुल्क रोजगारदाताले मलेसिया पुगेपछि पहिलो महिनाको तलबमा फिर्ता गर्ने जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि सञ्चालन गरेको बायो मेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण सुरु गरेका छन्। मलेसियन दूतावास अनुसार स्वास्थ्य परीक्षणको शुल्क ४ हजार ५ सय, बायो मेडिकल सेवा शुल्क २८ सय रुपैयाँ र नेपाल सरकारलाई बुझाउनुपर्ने भ्याट शुल्क ३ सय ६४ रुपैयाँ गरी कुल ७ हजार ६ सय ६४ रुपैयाँ तोकेको छ।

नेपालले नयाँ स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई मान्यता दिन पटक पटक आग्रह गरे पनि मलेसियाले बेवास्ता गर्दै आएको थियो । प्राविधिक कमिटीको बैठकमा नयाँ थप भएका स्वास्थ्य संस्थाको ‘अडिट’ गर्न नोभेम्बर पहिलो साता मलेसियाली टोली नेपाल आउने सहमतिसमेत भएको थियो।

मलेसियाले गर्ने ‘अडिट’ पास भएपछि ती संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन्। मलेसियाले स्वास्थ्य मापदण्ड पुग्ने स्वास्थ्य संस्थालाई बायो मेडिकल प्रणालीमा समावेश गर्दै लैजाने जनाएको छ। नोभेम्बरको पहिलो साता आउने टोलीले नेपाल सरकारबाट प्रस्तावित ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्ने दुई देशबिच सहमति भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x