इन्फिनिटी लघुवित्तमा राेजगारीकाे अवसर



Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। गैंडाकोट नगरपालिका वडा नं.२, कालिगण्डकीचोक, नवलपरासी (ब.स.पू.)मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले स्थापना भएको छोटो समयमै नेपालका ४५ जिल्लामा ८७ वटा शाखा कार्यालयहरु मार्फत लघवित्त सेवा प्रदान गर्दै आइरहेको छ । केन्द्रीय कार्यालयका लागि मेहनती, इमान्दार, अनभवी कर्मचारीको आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट देहाय बमोजिमको पदको लागि सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निम्न ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ।

Click here to join Gyanmandu.com's Viber Community

बिज्ञापन नं. : ८/०७८/०७९
पद : कनिष्ठ अधिकृत
श्रेणी : अधिकृत
संख्या :

न्यूनतम शैक्षिक योग्यता : कनिष्ठ अधिकृत पदको लागि कम्तिमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ३ वर्ष काम गरेको वा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेको वा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा ५ वर्ष काम गरेको हुनु पर्ने वा सेमी क्वालिफाइड सीए पास गरेको हुनु पर्नेछ वा कानून विषयमा स्नातक उत्तीर्ण गरी अधिवक्ताको प्रमाणपत्र लिएको हुनु पर्नेछ। कानुनी परामर्शदाता सम्बन्धी अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
परिक्षाको किसिम : अधिकृत श्रेणीको मौखिक अन्तर्वार्ता ।
उमेरको हद : अधिकृत श्रेणीको लागि २१ वर्ष पुरा भई ४० बर्ष ननाघेको । (महिलाको हकमा उमेरको हदमा पाँच वर्ष थप हुनेछ) ।

Click here to join Gyanmandu.com's Viber Community

कामको प्रकृति : केन्द्रीय कार्यालयमा रही कानुनी परामर्श सम्बन्धी कार्य गर्नु पर्नेछ । अधिकृत श्रेणीमा वित्तीय संस्थाको नियमानुसार परीक्षणकालमा रहनेगरी नियुक्ती दिइनेछ ।
तलव, भत्ता तथा अन्य सुविधाहरु : वित्तीय संस्थाको नियमानुसार हुनेछ ।
आवेदन पठाउने ठेगाना : यस वित्तीय संस्थाको वेभ साइड WWW.infinitylbsl.com.np मा Career भित्र गई Online Application बाट दरखास्त दिन सकिनेछ । दरखास्त आवेदन सगै आफनो बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रहरु सम्लग्न गरी आवेदन पठाउन सकिनेछ । रितपूर्वक तोकिएको समयभित्र प्राप्त सबै आवेदन उपर छानबिन गरी छोटो सूचीमा परेका उमेदवारहरुलाई मात्र अन्र्तवार्ताको लागि सम्पर्क गरिनेछ । अन्य जानकारी संस्थाको वेभसाइट
WWW.infinitylbsl.com.np बाट प्राप्त गर्न सकिनेछ ।

Click here to join Gyanmandu.com's Viber Community

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.

केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) 

फोन: ०७८-५०३३०१, इमेल: info@infinitylbsl.com.np

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x