स्टार्टअप इकोसिस्टमलाई बढवा दिन राज्य–निजी क्षेत्र बिच सहकार्य जरुरी छ,वरिष्ठ उपाध्यक्ष ढकाल

chandra dhakal


ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियामा स्टार्टअप इकोसिस्टमलाई बढवा दिन राज्य र निजी क्षेत्र बिच बलियो सहकार्यको जरुरी भएको बताउनुभएको छ । 

बुधवार अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कमजोर इकोसिस्टमका कारण दक्षिण एसियामा स्टार्टअप व्यवसायले धेरै समस्या झेल्नुपरेको बताउँदै यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्र बिच बलियाे सहकार्यको जरुरी रहेको बताउनुभएको छ । 

उहाँले दक्षिण एसियामा ठुलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपहरूलाई अनुकूल वातावरण समेत रहेको बताउनुभयो ।

“विशेष गरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ नयाँ तरिकाको बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायहरूको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ ।” उहाँले भन्नुभयो ।

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले यस्ता नवप्रवर्तन व्यवसायीहरू र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उहाँले विशेष गरी महिला र युवाहरूलाई महासङ्घले सहयोग गरेको बताउनुभयो । 

“महासङ्घले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत महिला तथा युवा व्यवसायीहरूलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ,” उहाँले भन्नुभयो, “आईहबमा हामीले व्यवसायमा लाग्न चाहने युवाहरूलाई सूचनामा पहुँच दिई उनीहरूलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदान गर्ने गरेका छौँ ।”

त्यसै गरी स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत नेपाल सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम भइरहेको छ, उहाँले बताउनुभयो । साथै उहाँले महासङ्घले स्टार्टअप तथा नवप्रवर्तन व्यवसायीहरूलाई सहयोग तथा सहजीकरणको लागि सात वटै प्रदेशमा नेपाल सरकारसँगको सहकार्यमा इन्क्यूबेटर सेन्टरहरू स्थापना गर्न गइरहेको समेत जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x