धितोपत्र बजारमा ५१.८६ अंकको वृद्धि, नेप्से परिसूचक ३१६१.४४ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५१ दशमलव ८६ अंकले बढेर ३१६१ दशमलव ४४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १२ अंकले बढेर ५८७ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

आज कूल २२५ कम्पनीका ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर रु १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ३९ दशमलव ०४ अङ्कले बढ्दा विकास बैंक उपसमूह ४०६ दशमलव ४४ अङ्कले, वित्त उपसमूह १९०.६४ अङ्कले, निर्जीवन बीमा १४२.३३ अङ्कले, उत्पादन उपसमूह ४४.५४ अङ्कले, अन्य उपसमूह ८.८३ अङ्कले, लघुवित्त उपसमूह ७३.४४ अङ्कले, जीवन बीमा २११.७२ अङ्कले, सामूहिक लगनी कोष शुन्य दशमलव ०७ अङ्कले र लगानी उपसमूह २ दशमलव १५ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह ६७ दशमलव २८ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ८ दशमलव ७८ अङ्कले, जलविद्युत उपसमूह ३.०१ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x