नबिल icard को लागि निवेदन अब नबिल बैंकको वेबसाइट मार्फत नै


ज्ञानमाण्डू।नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल icard को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको जनाएको छ ।  

यस सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहकहरुले आफै बैंकको वेबसाइटमा (https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard) गइ ‘Apply Now’ विकल्प छानि नबिल icard को लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन ।

यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्नेछन । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा नम्बर ९०१–५९७००१५० सम्पर्क गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आङ्खनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले उक्त सुबिधा ल्याएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x