माछापुच्छ्रे बैंकको वीरगञ्ज आदर्शनगरमा नयाँ शाखा, शाखा सञ्जाल १६४ पुग्यो

machhapuchhchre bank

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर श्री विजय कुमार सरावगी एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष श्री डा. बिरेन्द प्रसाद महतो ज्यूले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो । सोही कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइराला ज्यूको पनि उपस्थिति रहेको थियाे।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएकाे छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको बैंकले जनाएकाे छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ र साथै, बैंकको देशभर २०० वटा एटीएमहरु संचालनमा रहेकाे बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
50.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x