गरिमा विकास बैंकको नाफा १ अर्ब ५ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

 

garima bikas bank

 

ज्ञानमाण्डू। गरिमा विकास बैँकको नाफा २६.३५ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ८३ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

४ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको गरिमा विकास बैंकले ६८ अर्ब ४१ कराेड रुपैयाँ निक्षेप सङ्कलन गरी ५८ अर्ब ३२ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ र सञ्चित मुनाफा ७५ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

Click here to join Gyanmandu.com's Viber Community

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३१.६७ प्रतिशतले बढेर २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा ७५ करोड ०२ लाख रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा गरिमा विकास बैङ्कले आफ्ना शेयरधनिहरूलाई १६.३८ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

 

बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.८५ प्रतिशत र प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ४०८.९० काे आधारमा मूल्य आम्दानी अनुपात १७.७२ गुणा रहेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x