सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव

ज्ञानमाण्डू।कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा.शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए ।

“अस्पतालमा बेहोस गराउने एक जना मात्र चिकित्सक कार्यरत रहनु भएकोमा केही दिन यता थप एक जना एनेस्थेसिया चिकित्सक आउनुभएको छ”, प्रमुख डा.कमरले भने , “जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ ।” अस्पतालमा दश आइसियु (सघन उपचार कक्ष) र दश भेन्टिलेटरको व्यवस्थापन गरिएको छ । जटिल अवस्थाका बिरामी बढ्दा आइसियु भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ । 

अस्पतालको कोरोना अस्थायी अस्पतालमा हाल आइसियुमा पाँच जना र भेन्टिलेटरमा तीन जना कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन भइरहेको छ । आइसोलेसनमा ३६ जनाको उपचार व्यवस्थापन भइरहेको छ । 

डा.कमरले पछिल्ला दिनमा समुदायमा कोरोना सङ्क्रमण फैलिँदा पनि सर्वसाधारणबाट तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भइरहेको कमी कमजोरीको कारण सङ्क्रमण दर बढ्दै गएको बताए । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम समेत प्रभावित भइरहेको छ । 

यसैबीच सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा बुधबार ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका समेत गरेर प्रदेशमा कोभिड—१९का कूल सङ्क्रमित आठ हजार २९६ पुगेको छ । पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै गएको छ । बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीका ७२५ जना सहित प्रदेशमा कूल सक्रिय सङ्क्रमित बुधबार एक हजार ३०२ पुगेका छन् । चाड पर्व नजिकिदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ । कोभिड–१९को सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १० जना, अछाम, बझाङ र बाजुराका दुई/दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक/एक गरी १९ जना मृत्यु भएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x