कुमारी बैंकको नाफा २ अर्ब ८३ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

Kumari Bank Limited

ज्ञानमाण्डू। कुमारी बैँकको नाफा ४३.६५ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१४ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कुमारी बैंकले १ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ४ अर्ब ६१ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.८३ प्रतिशतले बढेर ६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा कुमारी बैङ्कले आफ्ना शेयरधनिहरूलाई १२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिशेयर आम्दानी १९ रुपैयाँ २७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू २१६ काे आधारमा मूल्य आम्दानी अनुपात ११.२ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x