श्रृजनशील लघुवित्तकाे नाफा ४ करोड २९ लाख

Shrijanshil Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ कराेड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४ कराेड २९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको श्रृजनशील लघुवित्तले २ अर्ब २६ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, श्रृजनशील लघुवित्तले १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १३ करोड ८९ लाख रुपैयाँ रहेको छ।

श्रृजनशील लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.८१ प्रतिशतले बढेर १५ करोड ५२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात २.११ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x