उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित

ज्ञानमाण्डू।उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ , ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो । 

काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिएका छन् । 

यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको निर्देशक डा पाण्डेले जानकारी दिए । काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x