के तपाईंको एन आई सी एशिया बैंकको कर्जामा ९.९९ % भन्दा बढी ब्याजदर छ ?

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकद्वारा मिति २०७७/०१/१६ गते COVID-19 बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रयमासको  ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै सो को अलावा एन आई सी एशिया बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना एन आई सी एशिया बैंकले ल्याएको सर्वविदितै छ ।
अत्यधिक उत्साहजनक सहभागिता रहेको तथा कोही पनि नछुटोस् भन्ने हेतुले उक्त योजना सकिन मात्र ८ दिन बाँकी रहेको हुँदा यथासिघ्र भरपुर फाईदा उठाउन बैंकले सम्पूर्ण ऋणीहरूमा हार्दिक आह्वान गरेको जनाएको छ । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आषाढ समान्तभित्रै भुक्तानी गरेमा २०७७ श्रावण १ पश्चात् ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x